असोज २१ –अमेरिकी पौडीबाज माईकल फ्लेप्सलाई ६ महिनाको खेल प्रतिवन्ध लागेको छ । अमेरिकी पौडी संघले रक्सी पिएर नसामा गाडी चलाएको अभियोगमा फ्लेप्समाथी ६ महिनाको प्रतिवन्ध लाएको हो । प्रतिवन्धका कारण फ्लेप्सले अब ६ महिना भित्र हुने कुनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउनु हुनेछैन । सोही कारणले फ्लेप्सले २०१५ मा हुने विश्व पौडी प्रतियोगिता पनि गुमाउनुहुने भएको छ । ३० सेप्टेम्बरमा बाल्टीमोरबाट प्रहरीले फ्लेप्सलाई नसामा प्रतिघण्टा १ सय ३० किलोमिटरका दरले कार चलाउँदै गर्दा पक्राउ गरेको थियो । फ्लेप्सले ट्वीटरमार्फत प्रतिवन्धको निर्णय माथी आपत्ति जनाउनुभएको छ । फ्लेप्सले ओलम्पिकमा १८ वटा स्वर्ण जित्दै सर्वाधिक स्वर्ण जित्ने खेलाडीको रेकर्ड कायम गर्नुभएको छ ।

Post a Comment

 
Top