असोज २१ –हङकङमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरु चिनसंग वार्ताका लागि तयार भएका छन । अनौपचारिक रुपमा हङकङका अधिकारीहरुसंग भएको वार्ता सकारात्मक भएपछि उनीहरु औपचारिक रुपमै वार्तामा बस्न राजी भएका हुन । आफ्नो आन्दोलन दोस्रो सातमा प्रवेश गर्दा पनि चिनले माग पुरा गर्ने संकेत नदेखाएपछि वार्तामार्फत नै समाधान खोज्न प्रदर्शनकारीहरु सहमत भएको बिबिसीले उल्लेख गरेको छ । हङकङका प्रमुख कार्यकारी सि वाइ लियुङले आफुले कुनै हालतमा राजीनामा नदिने बताएपछि घोषित वार्ता पनि अस्विकार गरेका विद्यार्थी नेताहरु फेरी वार्ताका लागि तयार भएका छन ।
सन् २०१७ मा नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनमा चीनले स्वीकृति दिएका उम्मेद्वारहरुमात्र लड्न पाउने योजना उल्ट्याइनुपर्ने भन्दै प्रदर्शनकारीहरु सडकमा उत्रिएका हुन् । वार्ताका लागि मिति र समय भने अझै तय हुन नसकेको बताईएको छ । वार्तामा जाने घोषणा गरेपनि प्रदर्शनकारीले सरकारी कार्यालय तथा निकाय घेराउ गरेर प्रर्दशन जारी राखेका छन् । मध्य हङकङमा भइरहेको प्रजातन्त्र समर्थकहरुको प्रदर्शनमा हजारौंले सहभागिता जनाइ रहेका छन् ।

Post a Comment