असोज २१ –सिरिया र टर्कीको सीमा क्षेत्रको कोबान शहरमा ईस्लामिक स्टेट र कुर्दबीच भीषण संघर्ष भईरहेको छ । ठुलो संख्यामा रहेका ईस्लामिक स्टेटका बिद्रोहीको बलियो आक्रमणका कारण कोबान शहर उनीहरुको नियन्त्रणमा जान सक्ने बिबिसीले जनाएको छ । ईस्लामिक स्टेटले कुर्दहरुको बाहुल्यता रहेको कोबान शहरको मुख्य बजार क्षेत्रका भवनहरुमा आफना झण्डाहरु राखिसकेको जनाईएको छ । यद्यपि कुर्द विद्रोहीले आईएस विरुद्धको प्रतिकार जारी राख्दा अहिले पनि त्यहाँ दोहोरो भिडन्त चलिरहेको छ । आईएसले सो क्षेत्रमा पटक–पटक आक्रमण गरेपछि १ लाख ८ हजार सिरियाली टर्कीमा शरणार्थीको रुपमा प्रवेश गरेका छन ।
Home
»
अन्तराष्ट्रिय
» सिरिया र टर्कीको सीमा क्षेत्रको कोबान शहरमा ईस्लामिक स्टेट र कुर्दबीच भीषण संघर्ष
Subscribe to:
Post Comments (Atom)
Post a Comment