गोरखा, असोज २१ संविधानका विवादित विषयमा सहमति जुटाउन गठन भएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा। बाबुराम भट्टराई दसैं बिदाका दिनहरुमा पनि व्यस्त हुनुहुन्थ्यो । काठमाडौंमा उपलब्ध नेताहरुसँग संविधानका विवादित विषयमा सहमति खोज्न उहाँ अनौपचारिक छलफलहरुमा व्यस्त हुनुहुन्थ्यो ।
यही व्यस्तताकाबीच दशैंको टीकाको भोलिपल्ट भट्टराई आफ्नो जन्मथलो गोरखाको खोप्लाङ गाविस ४ को बेल्वासगाउँ पुग्नुभयो । त्यो पनि एक्लै होइन, ८४ वर्षका बुबा भोजप्रसाद, पत्नी हिसिला र छोरी मानुषीका साथमा ।
यसरी हान्निएर आफ्नो जन्मथलो पुग्नुको एउटै कारण थियो, बाख्रापालन । भट्टराईकी छोरी मानुषी अध्यक्ष रहेको दिपेश–राजु स्मृति कृषि सहकारीको पहिलो साधारणसभामा प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएका भट्टराई आफ्नो जन्मघर, बाख्रापालनका लागि गरिएको घाँस खेतीको अवलोकन गरेर सपरिवार फेरि उस्तै हतारोका साथ काठमाडौं फर्किनुभयो ।
बाख्रापालनको पृष्ठभूमि
डाक्टर भट्टराई हरेक पटक गोरखा आउँदा गाउँमै केही गर्ने योजना रहेको सुनाइरहनुहुन्थ्यो । उहाँको जोड कृषि कर्मतिरै रहन्थ्यो । गोरखा खोप्लाङ गाविस घर भै राजधानीमा बिभिन्न पेशा व्यवसाय गर्ने युवाहरु पनि गाउँमा केही गर्नुपर्छ भन्ने योजना बनाइरहेका थिए । आफूहरु शहर पसेपछि बाँझिएको जग्गामा खेतिपातीकै केही काम गर्ने निष्कर्षमा उनीहरु पुगे । गाउँको अगुवा पनि भएकाले उनीहरुले डाक्टर भट्टराईसँग पनि छलफल गरे ।
सानेपास्थित भट्टराई निवासमा भएको पहिलो छलफलमै दुवैको योजना मिल्यो र उनीहरु सहकारीमार्फत बाख्रापालन गर्ने टुंगोमा पुगे । बाख्रापालनका जानकार बिकेमान श्रेष्ठलाई खोप्लाङ पु¥याए, त्यस ठाउँमा बाख्रापालन गर्नु उत्तम हुने श्रेष्ठको पनि राय आयो ।
दोस्रो छलफलले सहकारीको खाका बनायो, त्यसमा भट्टराईलाई पनि सामेल हुन आग्रह गर्यो । भट्टराईका छिमेकी समेत रहेका सहकारीका उपाध्यक्ष प्रविण देवकोटा त्यतिबेलाको छलफल सम्झँदै भन्नुहुन्छ, ‘सुरुमा त उहाँले आफू प्रत्यक्ष रुपमा संलग्न नभै, बाहिरबाट सहयोग गर्ने बताउनुभयो ।’
खासमा युवाहरुको सहभागितामा बाख्रापालन अघि बढ्नुपर्छ भन्नेमा उहाँको जोड रहेछ । विकल्पमा भट्टराईकी छोरी मानुषी सहकारीको अध्यक्ष रहने गरि कार्यसमिति चयन भयो, डाक्टर भट्टराई भने शेयर सदस्यका रुपमा बस्न राजी हुनुभयो । त्यसविचमा बाख्रापालनका धेरथोर तयारीहरु भए ।
बाख्रापालनमा भट्टराई परिवारको सहभागिता
गाउँका युवाहरुले कर गरेर मात्रै होइन, बाख्रापालनमा भट्टराई परिवारले पनि रहर गरेको छ । जनयुद्धका बेलैमा आफ्ना पुख्र्यौली सम्पत्तिको धेरै हिस्सा पार्टीलाई बुझाएका भट्टराईले करीब ३ रोपनी जग्गा भने छोरी मानुषीको नाममा पास गर्नुभएको रहेछ । बुबा भोजप्रसाद र भाई शिवप्रसादको जग्गा समेत बाख्रापालनका लागि प्रयोगमा ल्याइनेछ ।
बाबुरामका ठूलो बुबाका छोराहरु कृष्णप्रसाद, यमप्रसाद र माधव भट्टराईले पनि बाख्रापालनका लागि जग्गा दिएका छन् । बाख्राको खोर त माधवको जग्गामै बन्ने भएको छ । यसबाहेक सहकारीमा बाबुराम र मानुषीको कम्तिमा २५÷२५ हजार रुपैंयाको शेयर रहनेछ । असोज १८ गते भएको सहकारीको पहिलो साधारणसभाले डाक्टर भट्टराईलाई ५ मध्ये एकजना सल्लाहकार चयन गरेको छ । सल्लाहकारका रुपमा सहकारीमा उनले पुर्याउने योगदान त छँदैछ ।
‘गाउँ बाहिर भएकाले न्यूनतम २५ र गाउँमै भएकाले १० हजार शेयर लगानी गर्ने निर्णय भएको हो’ सहकारीका उपाध्यक्ष देवकोटाले भन्नुभयो, ‘बाख्रापालनमा श्रम गर्नेको ज्यालालाई पनि शेयरका रुपमा जोड्न सकिने ब्यवस्था गरेका छौं ।’ भट्टराई परिवारको समेत गरि खोप्लाङ ४ को कटहर्डीमा सहकारीले ३८ रोपनी जग्गामा घाँस खेती थालिसकेको छ ।

सहकारीका योजना
रुपेश– राजु स्मृति कृषि सहकारी डिभिजन सहकारी कार्यालय दमौलीमा दर्ता भएको छ । यसको विधानमा गोरखा जिल्लाभर कृषि सम्बन्धी गतिविधि गर्ने उल्लेख गरिएको छ । ‘जिल्लाभर व्यवसायिक रुपमा कृषिकार्य गर्ने उदेश्य हो’ उपाध्यक्ष देवकोटा भन्नुहुन्छ, ‘पहिलो चरणमा बाख्रापालन थालेपनि हामी जिल्लाको उत्तरी भेगमा जडिबुटी खेती गर्नेसम्मको योजनामा छौं ।’
अहिलेनै भने सहकारीले १ शय बाख्रा पालेर कृषि कार्य सुरु गर्नेछ । त्यसपछि अहिले भएका २९ सदस्यलाई बढाउँदै लैजाने, जिल्लाका अन्य ठाउँमा पनि कृषिको सम्भावनाबारे अध्ययन गर्ने, गाउँमा रहेका र बाहिर रहेकाहरुलाई संगठित गर्ने र योजना कार्यान्वयन गर्ने सहकारीको लक्ष्य छ । यसमा राजनीतिक रंग लाग्न नदिनेमा भने आफूहरु सचेत रहेको सहकारीका उपाध्यक्ष देवकोटा बताउनुहुन्छ ।
साधारणसभामा प्रमुख वक्ता डाक्टर भट्टराईले पनि भन्नुभएको थियो, ‘हाम्रा बाउ बाजेले पनि खेतीपाती गर्थे, अहिले हामीले गर्न लागेको पनि त्यही हो, केवल हामी ब्यवसायिक रुपमा अघि बढ्न खोजेका छौं ।’

Post a Comment