असोज २१ –२२ दिनदेखिको ठप्प बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै सेवा आजबाट सुचारु भएको छ । कर्मचारी कल्याण समाजको आन्दोलन हिजो साँझबाट स्थगन भएपछि प्रतिष्ठानमा ठप्प भएका ओपिडी र परीक्षण सम्बन्धी सवै सेवा सूचारु भएका हन् । समाज र प्रतिष्ठान पदाधिकारीबीच हिजो १२ बुदे सहमति बनेपछि आन्दोलन रोकिएको हो । गतवर्ष वृद्धि भएको तलवको विषयमा पूर्वउपकुलपति शेखर कोइरालाको संयोजकत्वमा गठित उच्चस्तरीय तलवमान आयोग र सम्बन्धित निकायहरुमा पहल र समन्वय गर्ने सहमति बनेपछि आन्दोलन तोडिएको हो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment