असोज २१ –आज कोजागत पुर्णिमा, महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व अन्तरगत कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी लक्ष्मिको पुजा गर्ने गरिन्छ ।
आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिलाई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । दशैंको टिका आजकै दिन सकिँदैछ । घटस्थापनाको दिनमा दशैघर अथवा घरघरमा राखिएको जमरा कोजागत पुर्णिमामा सेलाउने गरिन्छ ।
आजको दिन चतुर्दशी र पूर्णिमा तिथि दुवै परेको छ । मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आज परेको नेपाल पञ्चाङ््ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले बताउनुभयो । आज बेलुकी ६ बजेर ४४ मिनेटदेखि भोलि दिउँसो ४ बजेर ४२ मिनेटसम्म पूर्णिमा तिथि भएकाले पूर्णिमा व्रतमात्र गर्नेले भोलि पूर्णिमा व्रत बस्नुपर्ने पनि समितिले जनाएको छ ।

Post a Comment