असोज २१ –संविधानका विवादित विषयमा सहमति जुटाउन अन्तिम प्रयास सहित आज संवैधानिक राजनैतिक सम्वाद तथा सहमति समितीको बैठक बसिरहेको छ । सहमतिका लागि अधिकतम प्रयास गरेको समितीले हिजो दलहरुबिच राज्यपुनरसंरचना, शासकिय स्वरुप, निर्वाचन प्रणली लगायतका विवादित विषयमा ब्यापक छलफल गरेको थियो । दलहरुबिच सहमति नभइ पुरानै अडान दोहोरिए पछि समितीले हिजो सर्वदलिय बैठक समेत बोलाएको थियो । ति बैठकबाट कुनै निश्कर्ष नआएपछि अब कसरी अघि बढ्ने भन्ने बिषयमा समितिमा आज बिहानैदेखि छलफलमा शुरु भएको हो ।
आज बेलुका सम्म सहमतिको लागि समितीले प्रयास गर्ने र नभए असहमतिका बिषय समेटेर प्रकृयामा जानका लागि प्रश्नावली तयार पार्नुपर्ने कार्यविधि पाएको छ । भोलि बस्ने संविधानसभा बैठकमा असहमतिका बुँदाहरु प्रश्नावलीको रुपमा प्रस्तुत गर्ने पर्ने समितीलाई जिम्मेवरी भएपनि अहिले सम्म निक्र्यौल भएको छैन । प्रकृयामा जाने कि थप सहमतिको पहल गर्ने भन्ने बिषयमा प्रमुख दलहरुनै बिभाजित हुदा संविधान निमार्णको प्रकृया समेत अलमलमा परेको छ ।

Post a Comment