असोज २१–  डोटी जिल्लाको छतिवन गाविसमा सोमबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २९ पुगेको छ । घटनास्थलमा २७ जनाको र दुईजनाको उपचारको क्रममा ज्यान गएको डोटी प्रहरीले जनाएको छ । ६४ जना घाइते भएका छन् । उनीहरुको कैलाली, नेपालगंज र भारतका बिभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
डोटीको जोरायलबाट कैलालीको धनगढीका लागि छुटेको ना ३ ख ५७०७ नम्वरको सुदूरपश्चिम यातायातको बस डोटीको छतिवन गाविस वडा नं। ५ कट्कटे भन्ने ठाउँमा सोमवार दिउँसो २ बजे दुर्घटनामा परेको हो । गाडी सडकबाट  ४ सय मिटर तलखस्दा टुक्रटुक्रा भएको प्रहरी निरिक्षक बोहराले बताउनुभयो । गाडीमा क्षमता भन्दा बढी यात्रु रहेको र कच्चि सडक खराब भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । गाडीमा ८० भन्दाबढी यात्रु सवार रहेको प्रहरीले जनाएको छ । मृतकको संख्या अझै बढ्न सक्ने घटनास्थलमा रहेका प्रहरीले जनाएका छन् ।
१३ जनाको सनाखत
ज्यान गुमाउने मध्ये १३ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेहरुमा डोटीको सरस्वतीनगर–१ का २५ वर्षका कृष्ण मल्ल, सकुन्तला मल्ल, सरस्वतीनगर–२ का ४० वर्षका राजेन्द्र शाही, वडा नम्बर ४ का टेकराज भट्ट, वडा नम्बर ६ का भूमिराज भण्डारी र हरिश कठायत रहेका छन् । त्यस्तै सरस्वतीनगर–७ का डम्बरी जोशी, वडा नम्बर ८ का कृष्णराज भण्डारी र २४ वर्षका पशुपति भट्ट रहेको प्रहरीले बताएको छ । यसैगरी लक्ष्मीनगर–३ की २७ वर्षकी शान्ती मल्ल, वडा नम्बर ५ की इन्द्रा मल्ल र भागिरथी बडुवालको पनि ज्यान गएको छ ।

Post a Comment

 
Top