असोज २० – डोटीको जोरायल क्षेत्रमा सोमबार गाडी दुर्घटना हुँदा २५ जनाको घटनास्थलमै ज्यान गएकोे छ ।
दुर्घटनामा ५५ भन्दाबढी घाईते भएका छन् । डोटीको जोरायलबाट धनगढी जाँदै गरेको ना ३ ख ५७०७ नम्बरको गाडी डोटीको छतीवन–५ बल्लेक भन्ने स्थानमा सोमबार दिउँसो दुर्घटना हुँदा  २५ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा ५५ जना घाइत भएको घटनास्थलमा रहेका प्रहरी निरिक्षक सागर बोहराले बताउनु भएको छ ।  गाडी सडकबाट  ४ सय मिटर तलखस्दा टुक्रटुक्रा भएको प्रहरी निरिक्षक बोहराले बताउनुभयो । गाडीमा क्षमता भन्दा बढी यात्रु रहेको र कच्चि सडक खराब भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । गाडीमा ८० भन्दाबढी यात्रु सवार रहेको प्रहरीले जनाएको छ । मृतकको संख्या अझै बढ्न सक्ने घटनास्थलमा रहेका प्रहरीले जनाएका छन् ।
१३ जनाको सनाखत
ज्यान गुमाउने मध्ये १३ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेहरुमा डोटीको सरस्वतीनगर–१ का २५ वर्षका कृष्ण मल्ल, सकुन्तला मल्ल, सरस्वतीनगर–२ का ४० वर्षका राजेन्द्र शाही, वडा नम्बर ४ का टेकराज भट्ट, वडा नम्बर ६ का भूमिराज भण्डारी र हरिश कठायत रहेका छन् ।
त्यस्तै सरस्वतीनगर–७ का डम्बरी जोशी, वडा नम्बर ८ का कृष्णराज भण्डारी र २४ वर्षका पशुपति भट्ट रहेको प्रहरीले बताएको छ । यसैगरी लक्ष्मीनगर–३ की २७ वर्षकी शान्ती मल्ल, वडा नम्बर ५ की इन्द्रा मल्ल र भागिरथी बडुवालको पनि ज्यान गएको छ । दुर्घटना घाइते भएकाहरुको धनगढी र अत्तरियामा उपचार भैरहेको छ । घाइतेहरुको उद्धारका लागि धनगढी, बुडर, डडेल्धुरा र अत्तरियाबाट एम्बुलेन्सहरु खटिएको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top