असोज २० – डोटीको जोरायल क्षेत्रमा सोमबार गाडी दुर्घटना हुँदा २३ जनाको घटनास्थलमै ज्यान गएकोे छ । दुर्घटनामा ३२ भन्दाबढी घाईते भएका छन् । डोटीको जोरायलबाट धनगढी जाँदै गरेको ना ३ ख ५७०७ नम्बरको गाडी डोटीको छतीवन–५ बल्लेक भन्ने स्थानमा सोमबार दिउँसो दुर्घटना हुँदा २३ जनाको घटनास्थलमै ज्यान गएको छ ।
दुर्घटनामा ३२ जना घाइत भएको घटनास्थलमा रहेका प्रहरी निरिक्षक सागर बोहराले बताउनु भएको छ । गाडी सडकबाट ४ सय मिटर तलखस्दा टुक्रटुक्रा भएको प्रहरी निरिक्षक बोहराले बताउनुभयो । गाडीमा क्षमता भन्दा बढी यात्रु रहेको र कच्चि सडक खराब भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । यात्रुको संख्या यकिन नभएकाले मृतकको संख्या अझै बढ्न सक्ने घटनास्थलमा रहेका प्रहरीले जनाएका छन् ।

Post a Comment