कार्तिक ८ –हिन्दू नेपालीहरुले भाइटीका लगाएसँगै आजदेखि तिहार सकिएको छ । देभभरका नागरिकले आप्mना दिदीबहिनी र दाजुभाइबीच भेटगरी आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्यप्राप्तिको कामनासहित सप्तरङ्गी टीका लगाएका छ्न् । सप्तरङ्गी टिकासँगै कहिल्यै नओईलीने मखमलीलगायत फुलबाट बनेको माला लगाईदिने चलन छ । सर्वसाधारण नागरिकका अलावा देशका प्रमुखव्यक्ति, विभिन्न दलका नेताहरुले पनि टीका थापेका छन् ।
प्रधानमन्त्री सुशील कोइरालाले आज बिहान ११ बजेर ३५ मिनेटको शुभसाइतमा ८१ वर्षीया दिदी आभादेवी शर्माबाट टीका थापेर आशीर्वाद लिनुभयो । प्रधानमन्त्रीले दिदीलाई सौभाग्य सामग्री र दक्षिणा प्रदान गरेर आशीर्वाद लिनुभयो भने उहाँले भाइलाई कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृ वात्सल्य प्रस्तुत गर्नुभयो ।
सोही साइतमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमले ललितपुरको भैंसेपाटीस्थित आफ्नै निवासमा माया केसीसहितका पाँचैजना दिदी बहिनीबाट टीका लगाउनुभयो ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले बोहोराटारस्थित आफ्नो आवासमा जेठी बहिनी कृष्णकुमारी आचार्यबाट ११ बजेर ३५ मिनेटको साइतमा टीका लगाएर आशीर्वाद लिनुभयो । त्यस्तै कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले काँग्रेस केन्द्रीय सदस्य मीना पाण्डेबाट टीका लगाउनुभयो ।
एमालेका नेता माधव नेपालले कुपन्डोलस्थित माइली बहिनी इन्दिरा न्यौपानेको घरमा दिदी कालिका भण्डारी र बहिनी वसुधा पोखरेलबाट टीका लगाउनुभयो ।
एककिृत माओवादी नेता एवं संवैधानिक राजनीतिक संवाद समितिका सभापति बाबुराम भट्टराईले दिदी थीरकुमारी पराजुली र बहिनी पार्वती भट्टराईबाट टीका ग्रहण गर्नुभएको छ । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले सानेपा पुगेर बहिनी मीनु कार्कीबाट टीका लगाउनुभयो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले विशालनगरस्थित आफ्नै घरमा बहिनीहरू रीता थापा, वसु कार्की र मिन्टु विष्टबाट टीका लगाउनुभयो ।
भाइटीकाको उपलक्ष्यमा पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा शाहीसँग कमलादीस्थित शोभागृहमा मध्यान्ह १२ बजेर ३ मिनेटमा टिका लगाउनुभएको शाहका संवाद सचिव फणिराज पाठकले बताउनुभयो ।
उता, उत्तरी धादिङको लापा गाविसस्थित कपुरगाउँमा भनै सबै मानिसले एकै ठाउँमा जम्मा भएर सामूहिक भाइटीका लगाएका छन् ।
दिदीबहिनी नहुने र दाजुभाइ नहुनेहरुका लागि मात्र होइन गाउँवासीले चाडबाडलाई भड्किलो हुनबाट बचाउन यसरी सामूहिक भाइटीका लगाउन थालेको स्थानीय तिम्ला निमाविका प्रधानाध्यापक बमबहादुर तामाङले बताउनुभयो ।

Post a Comment