कार्तिक ८ –संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले सहमति निर्माणमा नेतृत्वदायी भूमिका खेल्न प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गर्नुभएको छ । आज बिहान प्रधानमन्त्री कोइरालालाई भेट्दै भट्टराईले दोश्र्रोे चरणको शीर्र्ष बैठकमा सहमति निर्माणका निम्ति प्रधानमन्त्रीको भूमिका बलियो हुने अपेक्षा राख्नुभएको हो । तिहारअघि यही कार्तिक ४ र ५ गते प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक निष्कर्ष विहीनभएपछि भोली र पर्सिलाई बैठक आह्वान गरिएको छ । भेटमा प्रमुख तीन दलबीच गोकर्णमा भएको बैठकबारे सभापति भट्टराईले प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्री कोइरालाले पनि चाँडो सहमति गरेर संविधान जारी गर्नुपर्नेमा जोड दिँुदै उहाँले सहमतिका लागि आफूले सक्दो भूमिका खेल्ने भटट्राईलाई आश्वासन दिनुभएको छ । यसैवीच सहमति निर्माणाका लागि भोलि र पर्सी सोमबार हुने तीन दलका शीर्र्ष नेताको बैठकको तयारीका लागि भट्टराईले भोली बिहान प्रधानन्यायाधीश र निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्नुहुने जनाइएको छ ।

Post a Comment

 
Top