कार्तिक ८ –मोरङको सिजुवास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा एक व्यक्तिको मृत्यु भएको भन्दै आज प्रदर्शनमा उत्रेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ सेल अश्रुग्याँस र ६ राउन्ड हवाई फायर गरको छ । झडपमा प्रहरी निरीक्षसहित आधादर्जन प्रदर्शनकारी घाइते भएका छन् । करिब ५ सय स्थानीयबासी प्रहरी कार्यालय घेराउ गर्न आएका प्रहरीले जानकारी दिएको छ । प्रदर्शनकारीले यातना दिने प्रहरीमाथि कारबाही हुनुपर्ने र क्षतिपूति दिईनुपर्ने माग गरेका छन् । उनीहरुले सिजुवाका ५७ वर्षीय मधु तापुरियाको प्रहरीले दिएको यातनाको कारण हिरासतभित्र मृत्यु भएको आरोप लगाएका छन् । आफन्त र स्थानीयबासीले शवसहित प्रहरी कार्यालय घेराउ गरेका थिए ।

Post a Comment

 
Top