असोज ३१ –हङकङको मांग कोक इलामा प्रर्दशन गरिरहेका प्रर्दशनकारीलाई त्याहाबाट हटाउने उद्येश्यले सेना परिचालन गरिएको छ । सन् २०१७ मा हुने निर्वाचनमा चीनले उमेदवार तोक्न नपाउने माग गर्दै त्याहा दुई साता यता प्रदर्शन चर्किएको छ । हङकङमा प्रर्दशनकारी र सरकारबीच वार्ताको पहल भैरहेको सार्बजनिक भैरहेको बेला फेरी प्रर्दशनकारी बिरुद्ध सेना परिचालन हुदा प्रर्दशन हिंसात्मक बन्ने अनुमान गरिएको छ । तर सेना परिचालन पछि हाल सम्म ठुलो हताहती भने भएको छैन ।
गत साता भएको झडपमा प्रर्दशनकारीलाई सुरक्षाकमीले पिटेको भिडियो सार्वजनिक भएपश्चात आलोचना खेपेको सेनाले अहिले भने सर्तकता अपनाएको छ । चुनाबी स्वतन्त्राको माग गर्दै लोकतन्त्रबाँदी राजनीति दल, अधिकार कर्मी र स्कुले बिद्यार्थी प्रर्दशनमा उत्रिएका छन् । तर चीनले भने हङकङमा भएको आन्दोलन अनावश्यक भएको भएको भन्दै तत्काल रोक्न आग्रह गरेको छ ।

Post a Comment

 
Top