काठमाण्डौ, असोज ३१ –गृहमन्त्रालयले तिहारमा साँझ ७ बजे सँम्म मात्रै देउसी भैलो खेल्न आग्रह गरेको छ । आज सार्वजनिक विज्ञप्ति जारी गर्दै गृहमन्त्रालयले साझ ७ बजेपछि देउसी, भैलो लगाएतका कुनै पनि कार्यक्रम नगर्न अनुरोध गरेको हो । विज्ञप्तिमा शान्ति–सुरक्षालाई मध्यनजर गर्दै देउसी–भैलोलगायतका सास्कृतिक कार्यक्रमहरु साझ ७ बजेसम्म मात्र गर्न आग्रह गरिएको छ । यस्तै, मन्त्रालयले तिहार, छठजस्ता पर्वहरुमा भूइचम्पा, पटाका, विष्फोटक पदार्थको उत्पादन, विक्रि –वितरण, आयात–निर्यात तथा प्रयोग नगर्न समेत आग्रह गरेको छ । यदि कसैले यस विपरित कार्य गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने पनि गृहमन्त्रालयले सचेत गराएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment