असोज ३१ –अमेरिकाले पश्चिम अफ्रिकामा माहामारीको रुपमा फैलिएको इबोला भाइरस नियन्त्रणकोलागि सहयोग गर्ने भएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले इबोला भाइरस नियन्त्रणकोलागि अमेरिकी टोली परिचालन गर्न अनुमती दिएको बिबिसिले लेखेको छ । जसअनुसार अमेरीकाले लाइबेरीमा इबोला नियन्त्रण गर्ने उद्येश्यले १७ वटा केन्द्र गठन गर्न सहयोग गर्ने छ । यसैबीच अमेरीकाका राजनीतिक दलहरुले इबोला भाइरस भित्रनुमा स्वास्थ अधिकारी संबेदनबशील नभएको भन्दै आलोचना गरेका छन् । राजनीतिज्ञको आलोचना पछि संबन्धित स्वास्थ्य कर्मीले गल्ती स्वीकार गर्दै आफि मागेका छन् । लाइबेरीयाबाट अमेरीका आएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भैसकेको छ भने उनको उपचारमा साबधानी अपनाउन नसक्दा अर्की एक महिला स्वास्थर्कीमा समेत इबोला भाइरसको संक्रमण भएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment