ललितपुर,असोज ३१ –आठौ गोदावरी पुष्पमेलो मेला आजदेखि ललितपुरको जावलाखेल फुटबल मैदानमा शुरु हुदैछ । मेला नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर आयोजना गरिएको आयोजक फ्लोरीकल्चर एसोसिएसनले जनाएको छ । कार्तिक ३ गतेसम्म सञ्चालन हुने मेलामा तिहारका लागि विषेश रुपमा प्रगोग हुने गोदावरी, मखमली, सयपत्रीलगायतको फूलका स्टल राखिने आयोजकले जनाएको छ । मेलामा राखिने ३० वटा स्टलमा काठमाडौ उपत्यकाका तीनवटै जिल्लामा रहेका नर्सरी र केही काभ्रे, धादिङ र नुवाकोट जिल्लाका नर्सनीबाट पनि फूल फुलहरु राखिनेछन् । नेपालमा उत्पादन हुने फूलले ८० प्रतिशत मात्रै माग धान्ने गरेको गरेको छ ।  बाँकि २० प्रतिशत फुल भारतबाट आयत भइरहेको छ ।  एशोसियनका अनुसार नेपालमा करिब एक अर्ब १५ करोड बराबरको फूलको कारोबार हुने गरेको छ ।

Post a Comment

 
Top