असोज २९ –अर्थमन्त्री रामशरण महतले नाफामुखी शिक्षा र स्वास्थ्यमा कर लगाउनु अपिरिहार्य भएको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा आर्थिक विधेयक, २०७१ माथिको दफाबार छलफलका क्रममा सांसद्ले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले सरकार आफैँले सञ्चालन गरेका शिक्षा र स्वास्थ्य सेवामा कर नलाग्ने स्पष्ट गर्नुभयो । उहाँले आन्तरिक क्षमता वृद्धि नभएसम्म आन्तरिक राजस्वका दर बढ्न नसक्ने बताउनुभयो । अर्थमन्त्री महतले जलविद्युत् क्षेत्रमा समेत केही वर्ष कर छुट दिइए राजस्व बढ्ने विश्वास व्यक्त गर्नुभयो । मूल्य अभिवृद्धि कर(भ्याट)मा भएको नक्कली कारोबार छानबिन गर्दा हजाराँै अनियमितता भेटिएको  बताउँदै उहाँले भ्याट छलीमा संलग्नलाई कारबाही गर्ने प्रक्रिया सुरु भएको  स्पष्ट गर्नुभयो ।

Post a Comment

 
Top