असोज २९ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाज कल्याण परिषद् लैनचौरमा कार्यरत सहायक प्रकाशचन्द्र भट्टले बढुवा प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले गरेको अनुसन्धानबाट सहायक भट्टले पेस गरेको बिहार परीक्षा समिति, भारतबाट सन् २००७ मा प्रविणता प्रमाणपत्र तह उत्र्तीण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएको हो । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्ने भट्टलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम हदैसम्मको कारबाहीको माग गरिएको आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Post a Comment

 
Top