असोज २९ –संविधानसभाका प्रमुख तीन दल भावी संविधानको विवादित विषयमा भोलि साँझसम्म सहमतिको प्रयास गर्नेमा सहमत भएका छन् । आज साँझ सिंहदरबारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीको संयुक्त बैठकले भोलिसम्म सहमतिको प्रयास गर्ने निष्कर्षमा पुगेको हो । बैठकपछि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्म सहमतिको प्रयास गर्ने भएन भन्ने प्रक्रियाको कुरा थाल्ने कुरा भएको जानकारी दिनुभयो । दलहरुबीच राज्यको पुनसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायत विषयमा सहमतिका लागि जुटिरहेका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment