असोज २९ –ठूलो मात्रामा हिमापत हुँदा मनाङ र मुस्ताङमा गरी कम्तिमा २० जनाको ज्यान गएको छ । करिब ५ दर्जन हराइरहेकाले खोजि कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ । मृत्यु हुनेमा चार विदेशीसहित १२ जना मुस्ताङमा र मनाङमा पाँच विदेशीसहित आठ रहेका छन् । मुस्ताङमा प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीका अनुसार मनाङबाट थोराङ ला पास गरेर आएका पर्यटक तथा तीनका सहयोगीहरुको पासभन्दा तल ओरालोमा शव भेटिएको हो । यद्यपि मनाङबाट मुस्ताङतर्फ लागेका पर्यटक तथा तिनका सहयोगीमध्ये अझै ७६ जना हराइरहेको जनाइएको छ । असोज २६ गते मनाङबाट ३ सय ४६ जना पर्यटक तथा तिनका सहयोगी मुस्ताङतर्फ हिँडेकोमा २ सय ४४ जना मुस्ताङ आइपुगेका अन्नपूर्ण संरक्षण क्षेत्रका मुस्ताङ कार्यालयका प्रमुख विदूर कुंइँकेलले जानकारी दिनुभयो । १२ जनाको शव भेटिएको र १४ जनालाई उद्धार गरिएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेका अनुसार एक भारतीय, चार क्यानेडियन र तीन नेपाली गरी मृत्यु हुनेको संख्या आठ पुगेको छ । तीन जना नार गाविसमा मंगलबार मृत्यु भएको हो । डीएसपी राजेन्द्रबाबु रेग्मीका अनुसार फु गाविसको माम्लाङमा पा“च विदेशीको शव भेटिएको हो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment