असोज २९ –कृषि विकासमन्त्री हरि पराजुलीले नेपालमा विद्यमान निर्वाहमुखी खेती प्रणालीलाई व्यावसायिक प्रणालीमा रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ । उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजना (हिमाली)द्वारा आयोजित गोष्ठीको उद्घाटन समारोहमा उहाँले व्यावसायिक प्रणालीबाट अघि बढ्न नसक्दा नेपालले कृषि क्षेत्रमा अपेक्षाकृत विकास गर्न नसकेको बताउनुभयो । विकट हिमाली क्षेत्रका जिल्लालाई लक्षित गरी सञ्चालन गरिएको हिमाली आयोजनाले उक्त क्षेत्रमा लक्षित वर्ग र समुदायको विकासमा महत्वपूर्ण सहयोग पु¥याउने विश्वास उहाँले व्यक्त गर्नुभयो । गोष्ठी भोलिसम्म चल्नेछ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment