असोज २९ –कोरिया सरकारले ईपीएसअन्तर्गत पाँचौं कोरियन भाषा परीक्षाको आज नतिजा सार्वजनिक गरेको छ । साँढे ५२ हजारले परीक्षा दिएकोमा ३६ सय ६३ उमेरद्वार मात्र उत्तीर्ण भएका छन् । जसअनुसार औद्योगीक क्षेत्रका लागि २७ सय ६८ र कृषि क्षेत्र ८ सय ९५ जना उत्तीर्ण गराइएको छ । एचआरडी कोरियाले गत असोज १० र ११ गते परिक्षा सञ्चालन गरेको थियो । परीक्षाफल अनुसार औद्योगीक उत्पादन क्षेत्रको उमेरद्वार ९ प्रतिशत उतीर्ण छन् । यो क्षेत्रमा ८० प्रतिशतभन्दा बढी अंक ल्याउने उमेरद्वारलाई उतीर्ण गराइएको हो । त्यस्तै, कृषिमा ३ दशमलव २ उतीर्ण प्रतिशत रहेको छ । ७८ (अठतर) प्रतिशत ल्याउने उमेरद्वारलाई यो क्षेत्रमा उतीर्ण गराइएको हो ।
परीक्षाका लागि गत साउन २८ गतेदेखि ३१ गतेसम्म आवेदन खुल्ला गरिएकोमा सो अवधिभित्र ६२ हजार ५ सय १४ युवाले आवेदन दिएको थियो । तर परीक्षामा भने ५२ हजार ४ सय ८५ पुरुषसहित ६ हजार २ सय ८५ महिलाले सहभागिता जनाएका थिए । ईपीएस नेपालका निर्देशक डिल्लीराम बास्तोलाले उतीर्ण भएका उमेरद्वारको सबै प्रकृया मङ्सिर महिनासम्ममा सकिने जानकारी दिनुभयो । मङसिरसम्ममा सबै प्रकृया सकिने भएकाले उतीर्ण भएका उमेरद्वार जनवरीदेखि कोरिया जानसक्ने बास्तोलाले बताउनुभयो ।

Post a Comment