असोज २९ –विश्वकै दोस्रो ठूलो अर्थतन्त्रका रुपमा उदायको चीनमा आठ करोडभन्दा बढी नागरिक गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ । आज राजधानी बेइजिङमा गरिएको एक कार्यक्रममा ८ करोड २० लाख नागरिक गरिबीको रेखामुनि रहेका तथ्यांक सार्वजनिक गरिएको हो । तथ्याङ्कअनुसार चीनका ८ करोड २० लाखभन्दा बढी नागरिकले अहिले पनि हरेक दिन एक अमेरिकी डलरभन्दा पनि कम आय गर्ने गरेका छन् । गएको करिब एक दशक लामो आर्थिक विकासको सकारात्मक प्रयासपछि चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रुपमा उदय भएको हो । चीनको गरिबी मापनको मापदण्ड वर्षमा दुई हजार ३ सय युआन कमाउनु हो । यो अमेरिकी डलरमा ३ सय ७५ हुन्छ । चिनियाँ विकास अधिकारी जेङ वेन्काईले दिएको जानकारी अनुसार चीनले विश्वव्यापकी मापदण्डअनुसार मापन गर्ने हो भने गरिबीको रेखामुनि रहेका नागरिकको सङ्ख्या करिब २० करोड पुग्नेछ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment