कार्तिक १३ –संवैधानक–राजनीतिक संवाद तथा सहमति समितिले आज संविधानसभाको चौथो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग संविधान निर्माणका विविध पक्षबारे छलफल गरेको छ । समितिको कार्यालय सिंहदरबारमा आज भएको अनौपचारिक छलफल संविधान निर्माण प्रक्रियालाई कसरी सहज र सरल बनाउन सकिन्छ भन्नेबारेमा केन्द्रित रहेको समितिका सभापति बाबुराम भट्टराईले जानकारी दिनुभयो । उहाँले आजै पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा(माले)का महासचिव सिपी मैनाली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग पनि संविधानका अन्तरवस्तुमा रहेका विवाद समाधानका बारेमा परामर्श गर्नुभएको थियो ।
संवाद समितिको असोज ११ गते बसेको बैठकले १२ र १३ गते विभिन्न पक्षसँग अनौपचारिक कुराकानी गर्ने र १४ गते औपचारिक बैठक राख्ने निर्णय गरेअनुसार नै सभापति भट्टराईले अनौपचारिक छलफललाई निरन्तरता दिनुभएको हो । छलफलपछि सभापति भट्टराईले भन्नुभयो, उहाँहरुले विवादित विषयमा महत्वपूर्ण सुझाव दिनुभएको छ ।” उहाँले आजै अन्य पक्षसँग पनि व्यक्तिगत र सामूहिक रुपमा छलफल गर्नुहुने जनाइएको छ । छलफलपछि बाहिरिने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले उठाउँदै आएको हिन्दू धर्मसापेक्ष राज्य र गणतन्त्रको विषयमा पनि जनतामा जान पाउनुपर्ने धारणा राखेको बताउनुभयो । छलफलमा सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले भने सङ्घीयताले नै संविधान निर्माण प्रक्रियालाई अप्ठ्यारोमा पारेकाले उक्त विषयलाई थाँतीमा राख्नुपर्ने धारणा राख्नुभएको थियो ।

Post a Comment