कार्तिक १३ –कैलालीको पूर्वीसीमा क्षेत्रको लम्की–चुहा नगरपालिका कार्यालयमा आवश्यक जनशक्ति र भौतिक संरचनाको अभाव हुँदा सहज रुपमा सेवा पाउन नसकेको सेवाग्राहीले गुनासो गर्न थालेका छन् । नगरपालिका घोषणा भए पनि नगरपालिकाले दिनुपर्ने सेवा सुविधा र गर्नुपर्ने भूमिका अझैसम्म स्थानीयवासीले अनुभव गर्न नपाएको उद्योग वाणिज्य सङ्घका मानबहादुर खत्रीले गुनासो गर्नुभयो ।     हालै घोषणा भएको नगरपालिका कार्यालयमा स्थानीय विकास मन्त्रालयले २९ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको भएपनि हाल आठजना कर्मचारीको भरमा कार्यालयमा सबै काम हुने गरेको छ । कार्यालयमा दुईजना कार्यालय सहयोगी, तीन मुखिया, एक लेखापाल, एक अधिकृत र एकजना कार्यकारी अधिकृतको भरमा सञ्चालन भइरहेको छ ।
   

Post a Comment

 
Top