कार्तिक १३ –राज्यपुर्नसरचनाका बारेमा सहमति जुटाउने प्रयासमा प्रमुख दलले छलफललाई निरन्तरता दिएका छन् । सहमति जुटाउने प्रयासमा प्रमुख तीन दल काग्रेस, एमाले र एकीकृत माओवादीको संयुक्त बैठक शान्ती कोषको सचिवालयमा बसेको थियो । राज्यपुर्नसरचना जस्तो गम्भिर बिषयमा छलफल हुदा पनि काग्रेसका सभापति तथा प्रधानमन्त्री सुसिल कोईराला लगाएत शिर्ष नेता बैठकमा उपस्थित नभएपछि छलफलले कुनै निष्कर्ष भने निकाल्न सकेन । अब केहीबेर पछि बैठक प्रधानमन्त्री निवास वालुवाटारमा फेरी बस्ने छ ।

आज बिहान बालुवाटारमा बैठक बसेर काग्रेस एमालेले राज्यपुर्नसरचनामा ७ प्रदेशभन्दा माथी जान नसकिने निर्णय गरेपछि दलहरुबिचको दुरी थप बढ्ने संकेत देखिएको छ । यसअघि कांग्रेसले ७ मा जान सकिने बताएपनि एमाले भने बढीमा ६ प्रदेश हुनुपर्ने बताएको थियो । दुई दलबीच समान धारणा बनाउने भन्दै बिहान दुई दलको बैठक बसेको थियो । काग्रेस एमाले संघियतामा छ वा सात प्रदेश भन्दा बढाउन नहुने अडानमा छन् भने एकीकृत माओबादीले १० प्रदेश बाटतल नझर्ने बताउदै आएको छ । विवादित विषयमा सहमति जुटाउन संविधानसभाले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिलाई अन्तिम पटक भन्दै तेस्रो पटक यही कात्तिक १५ गतेसम्मको समय दिएको थियो ।

Post a Comment

 
Top