देवानन्द न्यौपाने / रेडियो मातृभूमि / लम्की, कार्तिक १३ गते लम्की जेसीज र लम्की लेडी जेसीजको संयुक्त आयोजनामा आज देखि संचालन भएको सप्ताहव्यापी कार्यक्रमको पहिलो दिनमा कैलालीको लम्की चुहा नगरपालिका वडा नं. १ बल्चौर स्थित विश्व हिन्दु एकता परिषद नेपालद्धारा संचालित बल्चौर वृद्धाश्रम कैलाशधामका वृद्धवृद्धाका साथै यस क्षेत्रका जेष्ठ नागरिकहरुलाई सम्मान तथा फलफुल वितरण गरिएको हो । स्थानियस्तरका विभिन्न समस्याहरुलाई उजागर गरी विकास निर्माणमा टेवा पु¥याउनमा सञ्चार माध्ययमबाट सहयोग गरेकाले दुई जना पत्रकार पनि सोही कार्यक्रममा सम्मानित भएका हुन ।

सम्मानित हुनेमा लम्की संचार समूहका सचिव तथा अनलाइन पत्रिकाका हाम्रा कुरा डट कम कैलालीका
संवाददाता देवानन्द न्यौपाने र  हाइवे टाइम्सका सम्पादक तिर्थ जैशी सम्मानित हुनु भएकोछ । सप्ताहव्यापी कार्यक्रममा आज पहिलो दिन उद्घाटन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रमका संयोजक मोतिलाल ओलीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बुद्धिजीवी समाजसेवी तथा शिक्षाविद बद्रीप्रसाल लम्साल रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जयप्रकाश न्यौपाने, अतिथिमा नेपाली कांग्रेसका क्षेत्र नं. २ का सभापति देवानन्द जैशी, एकीकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष लालबहादुर सोडारी, राप्रपा नेपालका नन्दा शाही, नेकपा माओवादीका दिलबहादर साउद, लम्की जेसीजका संस्थापक अध्यक्ष हेमन्तकुमार बस्नेत, लम्की लेडीजका अध्यक्ष शुशीला शाही, लम्की चुहा उद्योग वाणिज्य संघका अध्यक्ष तेजबहादुर थापा, इलाका हुलाक कार्यलयका प्रमुख जयराज ढुगाना, श्री भैरव गण गोराङेका सेनानी बालकृष्ण कार्की, इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक जगनाथ खनाल, ट्राफिक कार्यालय लम्कीका प्रमुख शोभानसिंह कार्की, नगर बालअधिकार संरक्षण तथा सम्वद्र्धन समितिका सदस्य निरज जोशी लगायतको सहभागिता रहेको थियो ।

 लम्की जेसीजका संचार संयोजक युवराज न्योपानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन महासचिव मल्ल संहले गनु भएको थियो । सप्ताहव्यापी कार्यक्रम अन्र्तगत भोली दास्रो दिन शुक्रवार ट्राफिक नियम सम्बन्धी जनचेतना, तेस्रो दिन शनिवार वक्तृत्वकला प्रतियोगिता, चौथो दिन आइतवार अपाङ नागरिक सम्मान, पा“चौ दिन सोमवार रक्तदान, छैटों दिन मंगलवार जेसीज मेरा लागी अन्तिम तथा सातौ क्षेत्र घ वक्तृत्वकाला तथा सप्ताह समापन कार्यक्रम रहेको वर्ष २०१४ का अध्यक्ष मुक्तिप्रसाद पाठकले जानकारी दिनु भएको छ ।

Post a Comment

 
Top