अोमना क्षेत्रि / रेडियो मातृभूमि / कात्तिक, पोखरा, कास्की १३ –युवा पुस्तामा धार्मिक सहिष्णुता अभिवृद्धि गरी चारित्रीक सुधार गर्दै सामाजिक सेवा प्रति आकर्षण गर्ने उद्धेश्यले नेष्डो नेपालद्धारा पोखरा विध्वासिनी मन्दिर परिसरमा विहिवार सामुहिक दर्शन एवम् सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको औचित्यता माथि प्रकाश पार्दै संस्थाका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले बढदो विश्वव्यापीकरण एवम् भौतिक विकास सँगै युवाहरुमा क्रमश आध्यामिक सोचको अभाव हुदै गएकाले चारित्रिक संकट परेको बताउदै राष्ट्रको उन्नति युवा वर्गमा निर्भर हुने हुदाँ युवाहरुको चारित्रीक सुधारको लागि जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले समाजमा रहेर सामाजिक सेवा गर्ने सामाजिक अगुवामा अनुकरणिय चारित्रिक एवम् सामाजिक भावना अभिवृद्धिका लागि नयाँ कर्मचारीहरुका लागि यस कार्यक्रम आयोजना गरिएको बताउनुभयो । बुधबार शान्ति र संविधानका लागि सद्भावना दौड आयोजना गरेको संस्थाले आज सरसफाई कार्यक्रम आयोजना गरेको र भोलि युवा कर्मचारीका लागि तनाब ब्यवस्थापन तालिमको आयोजना गरिने तालिम विभाग प्रमुख लक्ष्मीकुमारी मेघासीले बताउनुभयो ।
Post a Comment