गोरखा, कात्र्तिक १ –भगवति हिमालय उच्च मावि घैरुङ २ बतासे गोरखामा क्याम्पस स्थापनाका लागि लगायत विद्यालयको भौतिक पुर्वाधार विकासका लागि रकम संकलन गर्ने उद्देश्यले गत असोज २६ गतेबाट शुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ शनिवार सकिएको छ । महायज्ञको अन्तिम दिन आज २० लाख भन्दा बडि रकम संकलन भएको महायज्ञ मुल आयोजक समितिको सदस्य तथा महायज्ञको वैदेशीक विभाग संयोजक दिलिप नारायण थापाले जानकारी दिए । महायज्ञबाट ५० लाख भन्दा बढि रकम संकलन भएको थापाले भनाई छ । महायज्ञमा सुप्रशिद्ध भागवाताचार्य गुरुदेव अध्यात्म शिरोमणि श्री रामकृष्ण उपाध्यायले कथा बाचन गर्नुभएको थियो । क्याम्पस सञ्चालनको लागि महायज्ञबाट एक करोड रकम संकलन गर्ने विद्यालयले लक्ष्य राखेको छ । भोली महायज्ञको समापन समारोह, ८४ पुजा, सामुहिक ब्रतबन्ध लयायतका कार्र्यक्रम हुने समितिको सदस्य दिलिप नारायण थापाले जनाएका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment