गोरखा, कात्र्तिक १ –दैनिक वचत गर्ने बानिको विकास गर्न र यस क्षेत्रको आर्थिक उत्थान गर्ने उदेश्यका साथ गोरखामा २०४९ सालमा स्थापना भएको हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड आजबाट २२ औं वर्षमा वर्षमा प्रवेश गरेको छ । संस्थाले सिमित बैकिङ दैनिक वचत, बाल वचत, ऐच्छिक वचत, पेन्सन वचत, मासिक वचत, आवधिक वचत जस्ता काम यस संस्थाले गर्दै आएको छ ।  संस्थाले उत्पादनशिल, शैक्षिक, स्वास्थ्य उपचार लगायतका विभिन्न क्षेत्रमा सेवा पु¥याउँदै आएको छ । कहिलेकाँही अनुत्पादक क्षेत्रमा समेत लगानी गर्नुपर्ने बाध्यता सहकारीमा रहेको बताएको छ । संस्थाले भविष्यमा कृषिमा आधारित व्यावसायमूलक कार्यक्रम सञ्चालन गर्ने तयारी समेत          गरेको छ ।
संस्थाले आर्थिक वर्ष ०७०÷०७१ मा १३ करोड ६४ लाख १२ हजार ५ सय ९४ रुपैयाँको कारोवार गरेको छ । गत आर्थिक वर्षमा सहकारीले पाँच लाख  नौ हजार नौ रुपैयाँ मुनाफा गरेको छ ।  संस्थामा हाल ९७२ जना सेयर सदस्यहरुले कारोवार गर्दै आईरहेका छन् ।
    कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुनं)का महासचिव             परितोष पौड्याल,  डिभिजन सहकारी कार्यालय दमौलीका अधिकृत गौतम भण्डारी, जिल्ला वचत तथा ऋण सहकारी संस्था लि गोरखाका अध्यक्ष महेन्द्र खनाल,गोरखकाली वचत तथा ऋण          सहकारी संस्था लि.का अध्यक्ष कुल बहादुर कुँवर लगायतले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष गोवर्धन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तुलसा मरहट्टाले स्वागत मन्तव्य राखेकी थिईन । कार्यक्रममा संस्थाका सचिव रामबाबु श्रेष्ठले सचिवको प्रतिवेदन, कोषाध्यक्षले कोषको प्रतिवेदन र विभिन्न उप समितिका संयोजकहरुले आ–आफ्नो जिम्मेवारी अनुसारको प्रतिवेदन पेश गरेका थिए ।                    गोरखाकाली चलचित्र मन्दिरको सभाहलमा भएको कार्यक्रममा जेष्ठ सदस्य , सञ्चालक समितिका पूर्व पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।

Post a Comment

 
Top