कात्र्तिक २ –म्याग्दीको बेनी नगरपालिका वडा नंं. ९ घतान काउलेगौडामा अरिङ्गालले टोकेर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । काउलेगौडाका ५५ वर्षीय दल पुरी, उहाकी श्रीमती ४५ वर्षीया शिवा पुरी र १२ वर्षीय छोरा आशीष पुरीको उपचारका क्रममा गएराती मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घरनजिकैको जङ्गलमा दिउँसो घाँस काट्न गएका उनीहरुलाई अरिङ्गालले टोकेर सख्त घाइते बनाएको थियो । जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि पोखरा पठाइएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment