असोज २४ –संविधानसभाले संबैधानिक राजनितिक सहमति तथा सम्बाद समितिको म्याद ५ दिन थप गरेको छ । आज बसेको संविधानसभा बैठकले विवादित बिषयमा सहमति गर्न असोज ३० गते सम्मको समयसिमा दिएको छ । समितिले असोज ३१ गते सहमति भएका बिषयलाई प्रतिबेदनका रुपमा र नभएका बिषय समेटेर प्रतिबेदनका रुपमा संविधानसभामा प्रस्तुत गर्नुपर्ने भएको छ । समिति सभापति बाबुराम भट्टराइको सक्रियतामा बिहान बसेको काग्रेस, एमाले र एकीकृत माओबादीका शीर्ष नेता सहभागि बैठकले समितिको म्याद थप गर्ने निर्णय गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा लगाएतका केही पार्टी समय थपको बिरोधमा उत्रिएका थिए ।
बैठकलाई सम्बोधन गर्दै समिति सभापति भट्राईले सकेसम्म सहमतिमा र नभए प्रक्रियाको मार्फत भएपनि विवादित बिषय टुङ्गो लगाइने बताउनुभएको छ । काग्रेस एमाले लगाएतका सभासदहरुले सहमति भन्दा प्रक्रियामा जोड दिएको प्रति असन्तुष्टि जनाउदै सभापति भट्राईले सहमति हुनै नसके प्रक्रियामा जानु हुदैन भन्ने पक्षमा आफूहरु पनि नरहेको स्पष्ट पार्नुभयो । भट्राईले सभापतिले चुरो बिषयमा छलफलको प्रबेश नै नगराएको र आफू खुसी बिभिन्न प्रस्ताब राखेको भन्ने कुरा सत्य नभएको पनि स्पष्ट पार्नुभयो ।
समितिले सहमति गर्न नसके संविधानसभाले जे निर्णय गर्छ त्यो मान्न समिति तयार रहेको पनि उहाँले बताउनुभयो । कार्यतालिका अनुसार भदौ २१ मा सकिएको समितिको म्याद पहिलो पटक थप गरेर असोज २१ सम्म लम्व्याइएको थियो । सो अवधिमा पनि बिबादीत विषयमा सहमती जुट्न नसकेपछि फेरी पाँच दिन समय थप गर्न लागिएको हो । धारणा राख्ने काग्रेस एमालेका सभासदहरुले प्रक्रियामा जोड दिएका थिए भने एकीकृत माओवादी लगाएतका सभासदले सहमतिलाई जोड दिएका थिए ।
काग्रेस सभासद सभासद गगन थापाले यतिका दिन छलफल गर्दा पनि सहमति जुट्न नसकेको उल्लेख गर्दै अब भने प्रक्रिया मार्फत बिष टुङ्गो लाउनुको बिकल्प नभएको बताउनुभयो । यस्तै एमाले सभासद रबिन्द्र अधिकारीले प्रक्रिया मार्फत बिववाद समाधान गर्ने दिशामा जान हिचकिचाउन नहुने बताउनुभयो ।
माओावदी सभासद हरिबोल गजुरेलले सहमति गर्न सकिने सम्भावना रहदा रहदै प्रक्रिया मार्फत टुङ्ग्याउन नहुने बताउनुभएको थियो । राष्ट्रिय जनमोर्चाका सभासद चित्रबहादुर केसीले यतिका बर्ष सम्म पनि सहमति हुन नसकेको तर्फ सचेत गराउदै सबैको आ आफ्नो अडानका कारण सहमति हुन नसकेको बताउनुभयो ।

Post a Comment