असोज २३ –अमेरिकामा फेला परेका ईबोलाका पहिलो बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । अमेरिकामा पहिलो पटक देखिएका ईबोलाका बिरिमीको टेक्सस अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उपचारमा संलग्न चिकित्सकहरुले थोमस एरिक डङकन नाम गरेका ति व्यक्तिलाई बचाउन नसकीएको जानकारी दिएका छन । ईबोलाको प्रभावकारी औषधी पत्ता लगाएको दावी गरेको अमेरिकाले आफ्नै नागरिकलाई ईबोलाबाट बचाउन नसकेपछि रोगको जोखिम उच्च भएको प्रष्ट हुने बिबिसिले उल्लेख गरेको छ ।

Post a Comment

 
Top