असोज २३ –ताप्लेजुङमा यो वर्ष कागतीको उत्पादनमा वृद्धि भएको छ । यो वर्ष असिना नपरेको साथै मौसम अनुकुल भई दिएकाले कागती उत्पादनमा वृद्धि भएको हो । कागतीको उत्पादनमा वृद्धि भएसँगै यसको खेतीमा सङ्लग्न किसानहरु उत्साहित भएका छन् । किसानहरुले यसपाली कागती उत्पादन बढेको र दानामा रस पनि अत्यधिक भएको बताएका छन् । उत्पादनको मुख्य सिजन असोज महिना भएकाले यतिबेला किसानले कागतीको दाना र यसको रस बनाएर विक्री गर्दै आएका छन् । जिल्लाकै सबैभन्दा बढी कागती उत्पादन गर्ने किसानका रुपमा परिचित निघुरादिन ८ का ज्ञानबहादुर लिम्बूले आफ्नो बगानमा छ लाख बढी दाना फलेको बताउनुभयो । लिम्बूका अनुसार उहाँको मात्रै कागती बगानमा एक हजार चार सय बोट रहेका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment