असोज २४ –एकीकृत नेकपा माओवादी सहित २४ दलले आजबाट आन्दोलन थालेका छन् । सत्ताधारी दलले बिगतमा भएका सहमति कार्यान्वयन नगरेको र एकलौटी ढंगले संविधान जारी गर्ने खेलमा लागेको भन्दै बिरोध स्वरुप २४ दलले आन्दोलनका थालेका हुन् । उनीहरुले आज दिउसो माईतीघर मण्डला काठमाण्डौबाट आन्दोलन थालेका हुन् ।
पहिचानका पक्षधर २४ दलले असोज २० गते सिंहदरबारमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । आजबाट शुरु आन्दोलन अन्र्तगत ३१ गते सम्म जुलुस र सभा सहितका कार्यक्रम हुने छन् । विरोधका कार्यक्रमहरुमा २७ गते पुर्वको इटहरीमा विरोधसभा तथा जुलुस प्रर्दशन, २९ गते दाङ र ३१ गते काडमाण्ठौंको खुल्लमन्चमा जनसभा गर्ने कार्यक्रम सार्बजनिक गरिएको छ ।

Post a Comment

 
Top