असोज २४ –स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिट्टै मानसिक स्वास्थ्य महाशाखा स्थापना गर्ने भएको छ । मानसिक रोगलाई सम्बोधन गर्न एवम् नयाँ स्वास्थ्य नीति २०७१ ले निर्दिष्ट गरेका लक्ष्यलाई पूरा गर्न महाशाखा स्थापना गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले जानकारी दिनुभयो ।
विश्व मानसिक रोग दिवसका अवसरमा कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनद्वारा आज आयोजित कार्यक्रममा उहाँले अञ्चल तथा जिल्ला अस्पतालमा मानसिक रोग उपचार सेवा विस्तार गर्न लागिएको बताउनुभयो । हाल नेपालमा करिब ६० लाख जनसङ्ख्या कुनै न कुनै रुपमा मानसिक रोगी रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । मानसिक रोग विशेषज्ञहरुका अनुसार मानिस जीवनमा एकपटक कुनै न कुनै रुपमा मानसिक रोगी हुने तर रोगको मात्रा(स्तर)मात्र फरक हुने गर्दछ ।

Post a Comment