असोज २४ –वरिष्ठतम न्यायाधीश रामकुमारप्रसाद साहले आजदेखि प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नु भएको छ । प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले हिजोदेखि उमेर हदका कारण अवकास पाएकोले राष्ट्रपति राबमण यादबले उहालाई आज बिहान पद तथा गोपनीयताको सपथग्रहण गराउनु भएको हो । सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवाषचन्द्र नेम्वाङ, कानुन न्याय तथा संविधानसभा संसदीय मामिलामन्त्री नरहरि आचार्य, संवैधानिक निकायका प्रमुखलगायत उपस्थित थियो । त्यसलगत्तै शाहाले सर्बोच्च अदालत पुगेर पदभार समेत ग्रहण गर्नुभएको सर्बोच्चका सहायक प्रबक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

संवैधानिक परिषद्ले भावी प्रधान्यायाधीशमा वरिष्ठतम न्यायाधीश साहलाई सिफारिस गरी सुनुवाइ विशेष समितिमा पठाइएकामा सो समितिले असोज १४ गते संसदीय सुनुवाइ गरी उहाँको नाम अनुमोदन गरेको थियो ।

Post a Comment

 
Top