असोज २४ –राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष र सदस्यमा गरिएको सिफारिस समावेशी नभएको भन्दै सभासदहरुले ती नाम फिर्ता हुनुपर्ने माग गरेका छन् । संसदीय सुनुवाइ विशेष समितिको आजको बैठकमा मानवअधिकार आयोगका अध्यक्ष र सदस्यहरुको बारेमा परेका उजुरीमा सुनुवाइको क्रममा सभासदहरुले यस्तो माग गरेका हुन् ।
बैठकको शुरुमै सद्भावना पार्टीका सभासद लक्ष्मणलाल कणले सिफारिस भएका ५ मध्ये एकजना मोहन अन्सारी बाहेक अरु सबै पहाडे बाहुन क्षेत्री मात्र रहेकाले नाम फिर्ता हुनुपर्ने बताउनुभयो । संवैधानिक परिषदले आयोगको अध्यषमा पूर्व प्रधानन्यायाधीस अनुपराज शर्मा र सदस्यहरुमा प्रकाश वस्ती, गोविन्द शर्मा पौडेल, सुदिप पाठक र मोहन अन्सारीको नाम सिफारिस गरेको थियो । बैठकमा एमाले उपाध्यक्ष युवराज ज्ञवाली र कांग्रेस सभासद प्रकाशशरण महतलगायतले बोलेका थिए । सभासदहरुको आपत्तिपछि समितिका सभापति केबी गुरुङले परिषदसँग सिफारिस समावेशी हुन नसक्नुको कारण दुई दिनभित्र मागिने आश्वासन दिनुभयो ।

Post a Comment