असोज ३१ –भारी हिमपातका कारण मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा लगायत जिल्लामा हराएका पर्यटक र पर्यटन व्यबसायीको खोजी कार्य आज पनि बिहानैदेखि शुरु गरिएको छ । भारतीय हुदहुद आधिको प्रभाबले भएको बेमौषमी हिमपातका कारण हिमाली जिल्लाको पदयात्रामा निष्किएका सयौ पर्यटक बेपक्ता भएका थिए । हिजो मनाङ र मुस्ताङबाट सम्पर्कहिनि भएका मध्ये २ सय ९ जनाको सेनाले उद्धार गरेको छ ।ति जिल्लामा अझै केहि बेपक्ता भएको आसंका गरिएको छ । जसमध्ये डोल्पामा मात्रै १ सय बढि बेपक्ता भएको आसंकामा खोजी कार्य शुरु गरिएको छ । हिमपातका कारण हिजो थप १९ जनाको शब भेटिएको थियो । उद्धारमा खटिएको टोलीले हाल सम्म कति जनाको मृत्यु भएको भन्ने संख्या एकीन गर्न सकेको छैन ।

Post a Comment

 
Top