असोज ३१ –राष्ट्रिय मानव अधिकार आयोगका लागि प्रस्तावित सदस्यहरुको सुनुवाई आज गर्दै छ । हिजो प्रस्ताबित अध्यक्ष अनुपराज शर्मा र सदस्य प्रकाश वस्तीको सुनुवाई सकिएको र आज अन्य बाँकी सदस्यको सुनुवाई गरिने संसदीय सुनुवाई विशेष समितिले जनाएको छ । सुनुवाइकोलागि समितिको बैठक सिंहदरबारमा बस्दै छ ।आज सदस्यमा प्रस्ताबित अनुपराज शर्मा, मोहना अन्सारी र गोविन्द शमाको शुनुवाई हुने छ । संबैधानिक परिषदको सिफारिस समाबेसी नभएको भन्दै हिजो थरुहट पार्टीका गोपाल दहित, तमलोपाका कमलेश्वरपुरी गोस्वामी, राष्ट्रिय जनमुक्ति पार्टीका शिवलाल थापा र नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले बैठक बहिस्कार गरेपनि समितिले सुनुवाई भने जारी राखेको हो । सम्बैधानिक परिषदले सिफारिष गरेका पदाधिकारीको संसदीय सुनुवाई पछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यबस्था छ ।

Post a Comment

 
Top