असोज ३१ –एकीकृत नेकपा माओवादी सहित २२ दलले आज काठमण्डौंको खुलामन्चमा विरोध प्रर्दशन तथा सभा गर्दै छन् । पहिचान सहितको संघिय संविधान निमार्णमा दवाव दिन भन्दै २२ दलले घोषणा गरेको पहिलो चरणको अन्तिम विरोध कार्यक्रम अन्तरगत आज खुलामन्चमा विरोधसभा गर्न लागेका हुन् । खुलामन्चमा हुने सभालाई एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित मधेसवादी दलका प्रमुख नेताहरु, २२ दलमा अवद्ध साना दलका नेताहरुका साथै नागरिक समाजका अगुवाहरुले सम्बोधन गर्ने एकिकृत माओवादीले जनाएको छ ।
दिउसो १ बजे सभा हुनअघि भृकुटिमण्डप, बसन्तपुर, जमल र त्रिपुरेश्वरबाट र्याली निकालिने छ । २२ दलिय मोर्चाले यसअघि २४ गते काठमण्डौंको बानेश्वर, २७ गते इटहरी, २९ गते दाङमा विरोध प्रर्दशन तथा सभा सम्पन्न गरिसकेको छ ।

Post a Comment