असोज ३१ –दलहरुले अडान नछाड्दा संबिधानका बिबादीत विषयमा सहमती जुटाउन दोस्रो पटक थपिएको सम्बाद समितिकोको म्याद पनि त्यसै सकिएको छ । प्रमुख दलका शीर्ष नेताहरुले सहमती जुटाउने पहलमा दिनहु छलफल गरेपनि बैठकहरु निष्कर्षबिहिन बन्ने गरेका छन् । सहमतीकोलागि गंभिर छलफल गर्न भन्दै हिजो गोकर्ण रिर्सोट पुगेको नेताहरुले राती अबेर सम्म गरेको छलफल पनि सहमतीमा पुग्न नसकेपछि आज पनि छलफललाई निरन्तरता दिने दलहरुको तयारी छ ।
हिजो सम्मको सहमती अनुसार सम्बाद समितिले आज प्रश्नावली बिना नै संबिधान सभा अध्यक्ष सुवास नेम्वाङलाई प्रतिबेदन बुझाउने भएको छ । जसले गर्दा फेरी सम्बाद समितिको म्याद थपिने संभाबना छ । समितिको म्याद थप गरेर भएपनि बिबादीत विषय सहमतीमा नै टुंग्याउने पहल गरिने नेताहरुले बताएका छन् । आज बिहान ११ बजे बोलाईएको सम्बाद समितिको बैठक पश्चात समितिले सभामुख नेम्वाङलाई प्रश्नाबली बिना नै प्रतिबेदन बुझाउने छ । बिबादीत विषयमा सहमती जुट्न नसकेपछि संबिधानसभाले समितिलाई हिजो सम्म बिबादीत विषयमा सहमती जुटाउन र सहमती नभए आज प्रश्नावली बुझाउन भन्दै म्याद थप गरेको थियो । दलहरुबीच अझै राज्यको पुर्नसंरचना, शासकीय स्वरुप र निर्वाचन प्रणलीकोको बिबाद मिल्न सकेको छैन ।

Post a Comment

 
Top