गोरखा, असोज २९ –आदिवासी जनजाति महासंघले स्थानिय विकास अधिकारी र नगरपालिकाको कार्यकारी अधिकृतलाई स्वागत ग¥यो, आफ्ना जातिय संस्कृतिलाई राज्यपक्षबाट पनि संरक्षण गरिदिन माग । जील्लामा भर्खरै आफ्ना कार्यभार सम्हालन आईपुग्नुभएका स्थानीय विकास अधिकारी प्रेम राज गीरी र गोरखा नगरपालिकाको कार्यकारी अधिकृत चन्द्रा थापा मगरलाई आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाले जिल्लामा स्वागत गरेको छ ।
नेपाल मगर संघको हल रोहटेपानीमा स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गरी उहाँहरुलाई स्वागत गरेको हो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाको अध्यक्ष विष्णु राना मगरको अध्यक्षतामा भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा महासंघ आवद्ध ८ जातिय संस्थाका प्रतिनिधि तथा अन्य आदिवासी जनजातिहरुको उपस्थिति रहेको थियो ।
जिल्लामा स्वागत गर्दै महासंघका अध्यक्ष विष्णु राना मगरले आदिवासी जनजातिको भेषभुषा, भाषा, संस्कृतिको संरक्षण र संवद्र्धनका लागि गर्न राज्यले पनि चासो दिनुपर्ने माग गर्नुभएको छ । गोरखा नगरपालिकाले आजसम्म नगरपालिकाको कुनै पनि बैठकहरुमा आदिवासी जनजातिहरुलाई संलग्न नगराईएको तर आगामी दिनहरुमा संलग्न गराउनुपर्ने माग पनि राख्नुभएको छ ।

Post a Comment