असोज ३१ –नेपाल प्रहरीले आज ५९ औं स्थापना दिवस मनाउँदै छ । स्थपना दिवसको अवसरमा आज प्रहरलिे विभिन्न कार्यक्रम आयोजना गरेको छ । प्रहरीप्रधान कार्यलय नक्सालमा बिहान कर्तब्य पालनका क्रममा ज्यान गुमाएका प्रहरीहरुप्रति श्रृदान्जली अपर्ण गर्ने कार्यक्रम छ । आजै साँझ उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत गर्ने  र सांस्कृतिक कार्यक्रम पनि हुनेछ । वि.स २०१२ सालमा नेपाल प्रहरी ऐन लागु भएपछि प्रहरी संगठनको विधिवत स्थापना भएको हो ।  ललितपुरको श्रीमहलबाट शुरु भएको प्रहरी संगठनको पहिलो नेतृत्व तोरणशमशेर जबराले गर्नु भएको थियो । हाल नेपाल प्रहरीमा ६७ हजार जनशक्ति रहेका छन् ।
यसैबिच नेपाल प्रहरीले आजदेखि आफ्नो पोसाक परिवर्तन गरेर निलो रङको नयाँ पोसाक लागु गरेको छ । अहिलेको कम्ब्याट ड्रेस नागरिक मैत्री नभएको र सशस्त्र प्रहरीसंग मिल्दोजुल्दो भएको भन्दै प्रहरी प्रधान कार्यालयले पोसाक परिवर्तन गरेको जनाएको छ । यसअघि नेपाल प्रहरीमा दुई किसिमका पोसाक प्रयोगमा थिए । वकिर्ङ ड्रेस अन्तर्गत गाडा निलो रङको पोसाक छ भने अपरेसनमा कम्ब्याट ड्रेस प्रयोग हुँदै आएको थियो । वकिर्ङ ड्रेस अहिलेकै कायम रहने र कम्ब्याट ड्रेस विस्थापन गर्न लागिएको प्रहरी प्रबक्ता डिआइजी माधव जोशीले जानकारी दिनुभयो ।

Post a Comment

 
Top