कात्र्तिक ५ –चीनले नेपालसग विप्पा सम्झौता र सुपुर्दगी सन्धी गर्न औपचारिक प्रस्ताव अघि सारेको छ । चीन भ्रमणमा गएका उपप्रधानमन्त्री एबम् गृहमन्त्री बामदेव गौतमसँग चीनिया पक्षले दुई पक्षीय लगानी सम्बन्धी बिप्पा सम्झौता गर्न प्रस्ताव राखेको हो । नेपालले यसअघिनै भारतसग विप्पा सम्झौता गरिसकेको छ । चीनले विप्पा सम्झौताको प्रस्ताव राखेको र यसबारेमा नेपालले बिचार गर्ने जवाफ आफूले दिएको गृहमन्त्री गौतमले बताउनुभयो । एक साता लामो चीन भ्रमण सकेर आज स्वदेश फकिनुभएका गौतमले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसग कुरा गर्दै सुपुर्दगी सन्धीका लागि पनि चीनले प्रस्ताव राखेको जानकारी दिनुभयो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment