असोज २२ – व्यवस्थापिका संसदको बैठक आज अपरान्हका लागि बोलाईएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने बैठक आज पनि सुचारु हुने संभावना भने न्युन छ । संसद गत भदौ १३ गतेदेखि लगातार रुपमा अवरुद्ध हुँदै आएको छ । एकीकृत माओवादी लगायतका विपक्षी दलहरुले गत पुषमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्र गठन, संविधानसभा निर्वाचनमा भएको धाँधलीको छानविनलगायतका ४ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै लामो समयदेखि संसद बैठक अवरुद्ध गर्दै आएका छन् । संसदको अवरोध खुलाउने विषयमा सत्तापक्ष र विपक्षी एमाओवादीबीच पटक पटक भएका छलफलहरु निश्कर्षविहीन बन्दै आएका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment