असोज २२ –संविधानसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संविधानसभा भवन नयाँबानेश्वरमा बस्ने संविधानसभा सचिवलयका प्रबक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । आजको बैठकमा संविधानसभाको राजनितिक सम्बाद तथा सहमति समितिले राज्य पुनसंरचना शाशकिय स्वरुप र न्यायप्रणालीमा पुर्ण रुपमा सहमति कायम गर्न नसकिएको व्यहोरा सहितको प्रतिबेदन पेश गर्ने छ । असोज १४ गते सम्म विवादित विषयमा सहमति जुटाउन र सहमति नभए २१ गते सम्म विवादित विषयका प्रश्नावली बनाएर संविधानसभामा पेश गर्ने कार्यविधि भएपनि समितीले सहमति जुटाउन पनि सकेनन भने सहमति नभएका विषयलाई प्रश्नावलीको रुपमा पनि पठाउन नसक्ने भएको छ ।
हिजो साँझ बसेको समितिको बैठकले आँसिक सहमति भएको प्रतिबेदन र राज्य पुनसंरचना शाशकिय स्वरुप र न्यायप्रणालीमा पुर्ण रुपमा सहमति कायम गर्न नसकिएको व्यहोरा सहितको प्रतिबेदन पेश गर्ने निर्णय गरेको थियो । समितिका सभापति बाबुराम भट्टराईले दुवै ब्यहोराको प्रतिवेदन आज पेश गर्नु हुनेछ । सहमति हुन नसकेका बिषयमा संविधानसभाको पुर्ण बैठकले दिने निर्देशन अनुसार संविधान निमार्णको प्रकृया अघि बढ्ने समिती सभापति बाबुराम भट्टराइले जानकारी दिनुभएको छ । समितिले सहमति भएका बिषयको एउटा प्रतिबेदन र नभएका बिषय समेटेर छलफल जारी रहेको भन्ने प्रतिबेदन तयार पारेको छ । नेपाली काँग्रेस र एमालेले सकेसम्म बहुमतिय प्रकृयामा गएर विवादीत विषयको टंगो लगाउने भन्दै आज आफ्ना सभासदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ ।

Post a Comment

 
Top