असोज २२ – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमान स्थल निर्माण सरोकार समितिले पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमान स्थल निर्माणका लागि पुन आन्दोलन थाल्ने भएको छ । विमान स्थल निर्माणको प्रक्रियाले गति नलिएको र सरकारी मन्त्रालयबीच सहकार्यको अभाव खटकीएको भन्दै सरोकार समितिले आन्दोलनका विभिन्न कार्यक्रम गर्ने भएको हो । कास्कीका राजनैतिक पार्टी प्रमुखहरु, पोखरा स्थित विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरुको भेलाले विभिन्न कार्यक्रम गर्ने समेत तय गरेको छ । बैठकले असोज अन्तिम साता सम्ममा सरोकार समितिको नेतृत्वमा कास्की जिल्लाका मुख्य राजनैतिक पार्टीका प्रमुखहरुको अनिवार्य सहभागितामा एक प्रतिनिधि मण्डल काठमाण्डौ आउने र प्रतिनिधि मण्डलले पर्यटनमन्त्री, अर्थमन्त्री, प्रधानमन्त्री र राजनैतिक दलका प्रमुखहरु नेताहरुसंग भेटेर दवाव दिने निर्णय गरेको रेडियो गण्डकि पोखराले समाचार पठाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment