कार्तिक ७ –हिन्दूहरुको पर्व तिहारको मौका पारेर व्यापारीले मिठाइमा मनपरी मूल्य लिने गरेको फेला परेको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग, प्रहरी र उपभोक्ता अधिकार अनुसन्धान मञ्चसहितको संयुक्त टोलीले गरेको अनुगमनमा यस्तो फेला पारेको हो । टोलीले काठमाडौंको पुतलीसडक, न्युरोड, जमल, सुन्धारा, त्रिपुरेश्वरलगायत मिठाई पसलमा अस्वभाविक मूल्य लिएको, व्यवसायी दर्ता नगरेका, मिठाई प्योकटमा मुल्य उल्लेख नगरेका, प्याकिङ मिति नराखेकोजस्ता कैफियत भेटिएको थियो ।

Post a Comment

 
Top